शनिबार जिल्ला प्रहरी कार्यालय अछामले पत्रकार सम्मेलन गर्दै एक निर्मम घटनाको खुलासा ग¥यो । प्रहरीले माघ १२ गते १४ र १५ वर्षीय बालिकाको ढुङ्गा प्रहारबाट गरिएको क्रूर हत्याबारे सार्वजनिक गरेको हो ।
देशको सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पर्ने ढकारी गाउँपालिकाका एक गाउँ पल्साता यति खेर पुरै शोकमा डुबेको छ । कारण हो, भर्खरका कलिला दुई किशोरीको निर्मम हत्या । नाताले भूपू भदैनी पर्ने १४ वर्षीया इशरा र १५ वर्षीय सरस्वती खड्काको ढुङ्गा प्रहारबाट क्रूर हत्या गरिएपछि पुरै गाउँ नै शोकबाट उठ्न सकेको छैन ।
एक साता अघि नै घर नजिककैको जङ्गलमा दुई बालिकाको शव भेटिएको भए पनि प्रहरीले हत्याको पुष्टि गर्दैे १९ गते शनिबारमात्रै सार्वजनिक गरेको हो । प्रहरीले ढकारी गाउँपालिका–३ तालीका १५ र १७ वर्षीय दुई बालकलाई पक्राउ गरेको छ । हत्या गर्ने पनि नाबालिग नै भएका कारण बालबालिका ऐन २०७५ अनुसार व्यक्तिलाई सार्वजनिक गर्न नपाउने हुँदा प्रहरीले नाम परिवर्तन गरेर जनाकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई किशोरीकोे हत्या भएको खुलेको हो ।
घर नजिकैको छिन्ने जङ्गलमा बाख्रा चराउन गएकी दुई छोरीहरूको बीभत्स हत्याले पुरै गाउँ आक्रोशित बन्दा आमाहरू भावविह्वल छन् ।
कसरी हत्यासम्म पुग्यो घटना ?
प्रहरीको अनुसन्धान र सार्वजनिक तथ्यले दुई किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध भएको खुलेको छ । मृतक इशरा खड्का र पक्राउ परेका परिवर्तित नाम ६९ मंगलसेन ७३ बीच लामो समयदेखि टेलिफोनमा हुने संवादपछि प्रेम सम्बन्धमा बाधिएका थिए । तर, प्रेम सम्बन्ध भए पनि टाढा भएका कारण भेट्ने मौका भने पाएका थिएनन् । माघ महिनामा विवाहित छोरीलाई माइतीले घरैमा पुगेर कोशेली दिने प्रचलन अनुसार पूmपुको घर पल्साता आएका दुई बालकले फोनबाट भएको कुराकानीबाट नै जङ्गलमा भेट्ने योजना अनुसार शुक्रबार बिहानै फूपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए । इशरा र सरस्वती पनि बाख्रा चराउन जङ्गल जाँदा दिउँसो १२ बजे तिर भेट भएको थियो । दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोनमा कुरा हुने ६९ मंगलसेन ७३ ले चुन्नी (दोपट्टा) साट्छन् । त्यसैबेला अर्का नाम परिवर्तित ६९ मंगलसेन ७६ र सरस्वती पनि केही टाढा गएर कुरा गर्छन् । यसैक्रमा ती ६९ मंगलसेन ७६ ले विवाह गर्ने शर्तमा चुन्नी साटफेर गर्न राखेको प्रस्ताव सरस्वतीले उमेर नपुगेको भन्दै अस्वीकार गरेपछि यौन सम्पर्कको प्रस्ताव गर्दा पनि नमानेपछि नजिकै रहेको ढुङ्गाले सरस्वतीको टाउको पछाडि हानी हत्या गरेका थिए ।
घटनालाई भवितव्य देखाउन भीर माथिबाट शव भएको स्थानतर्फ ढुङ्गा खसालेको आवाज सुनेर इशरा र अर्का बालक पनि घटनास्थलमा आईपुग्छन् । त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखेपछि इशराले फुपू सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेपछि उनको पनि पहिले टाउको पछाडि ढुङ्गाले हानेर पछि अगाडी भागमा प्रहार गरे बीभत्स हत्या गरिएको थियो । गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा गत आइतबार राति उनीहरुलाई पक्राउ गरिएको अछामका डिएसपी
ईश्वरीप्रसाद भण्डारीले बताए । पक्राउ परेका फूपुका छोरा १० वर्षीय बालकलाई अनुसन्धानमा सघाएका कारण सरकारी साक्षी राखिएको छ । अन्य दुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया