Breaking

प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने: सर्वोच्च


काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि नै कायम हुने भएको छ । ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेसँगै ३० वर्षे सेवा अवधि कायम भएको हो ।

न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको संयुक्त इजलासले सरकारको भ्याटेकमा मागबमोजिम हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एएसपी)सहितका केही प्रहरी अधिकृत जीवनकुमार श्रेष्ठसहित २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो ।