Breaking

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत


कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् भने उनको विपक्षमा शून्य मत परेको छ । ५ मत तटस्थ रहेको छ । सोमबारको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो ।

९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।