Breaking

कतारी राजा नेपाल आउने पक्का, खुसी पार्न सके लाभैलाभ, के छ मन्त्री डीपीको तयारी ?


काठमाडौँ – कतारका अमिर अल थानी मङ्गलबार काठमाडौ आउँदै छन । अमिरको पहिलो पटक हुन लागेको दुईदिने औपचारिक नेपाल भ्रमण गल्फ लगानी नेपाल भित्¥याउने र मुख्यत १९ वर्ष पुरानो नेपाल–कतार श्रम समझदारी पुनरावलोकन गर्ने विषयले चासोपूर्ण रुपमा हेरिएको छ ।

कतार वैदेशिक रोजगारीमा जाने नेपालीहरूको मुख्य श्रम गन्तव्यमध्ये एक हो । नेपालबाट दक्ष र अर्धदक्ष श्रमिक लैजाने गरेका कारण पनि धेरै नेपालीहरु सहजै कतार पुग्ने गरेका छन । महिलाहरुलाई खाडीमुलुक जान प्रतिबन्ध लगाए पनि भारत बंगलादेश लगायतका तेस्रो मुलुक हुँदै नेपाली महिलाहरु कतारमा श्रम गर्न पुगेका छन । श्रम मन्त्रालयका अनुसार हाल कतारमा ३ लाख ६५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।

सन् २०२१ मा न्यूनतम पारिश्रमिक हजार रियाल कायम गरिएको छ । तथापी श्रमिकका सवालमा कतार अनुदार मुलुक मानिन्छ । नेपाली श्रमिकको मुख्य गन्तव्य भएर पनि सरकारको फिलतो कुटनीतिक अभ्यासले १९ वर्ष पुरानो श्रम समझदारीको आधारमा टेकेर नेपाली कामदार कतार गईरहेका छन ।


कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार दुईदिने औपचारिक नेपाल भ्रमणका लागि काठमाडौ आउँदैछन । नेपालस्थित कतारी राजदुतावास र नेपाल सरकार समेत अल थानीको स्वागतको तिव्र तयारीमा छ । कतारी प्रतिनिधिमण्डलको नेतृत्व गरेर अल थानी फिलिपिन्स, बङ्गलादेश हुँदै नेपाल आउन लागेको हो । कतारी अमिरको पहिलो पटक हुन लागेको नेपाल भ्रमणले दुई मुलुकबीच कुटनीतिक सम्बन्ध थप सुदृढ हुनको साथै पारस्परिक सहयोग एवं सहकार्यको क्षेत्र विस्तारमा मद्दत पुग्ने विश्वास लिइएको छ ।

अल थानीको पहिलो नेपाल यात्रा नेपालको हितमा प्रयोग गर्न नेपाल सरकार यो पटक नेपाल र कतारबीच १९ वर्ष पुरानो श्रम समझदारी पुनरावलोकन गर्ने तयारीमा छन । उच्चस्तरको श्रम सम्झौता गर्ने रणनीतिमा नेपाल छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गत मंगलबार नै नेपालका लागि कतारी राजदूतसँग श्रम सम्झौता नविकरण गर्ने प्रस्ताव राखीसकेका छन ।

नेपालीका लागि कतार पुलिस सबैभन्दा आकषर्णको केन्द्र हो । सेवा सुविधाका हिसावले कतार पुलिसलाई राम्रो मानिन्छ । तर नेपाली नौ जवान युवा रुस र युक्रेन युद्धमा रहेको र विश्व जगतमा नेपाली युवाहरु लडाईमा काविल छन भन्ने तथ्य स्थापित हुँदा कतार पुलिसका लागि अहिलेसम्म सहज रुपमा योग्य ठहरिएका छैनन् । अमिरको यो नेपाल भ्रमणले नेपालीको बहादुरीको मूल्याङकन हुनु पर्ने खाँचो देखिन्छ । त्यस्तै कतारले अन्तराष्ट्रिय श्रमसन्धी आईएलओलाई पनि पूर्ण रुपमा कार्वान्यवन गरेको छैन । नेपालीलाई तोकिएको मापदण्ड अनुसारको पारीश्रमिक नदिएर विभेद गरीरहेकाछन् ।

यो विषय पनि उठ्न जरुरी छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर नेपाल आउन लागेका हुन् । उनको नेपाल भ्रमणको क्रममा इजरायमा हमासको आक्रमणमा परेर बेपत्ता भएका कंचनपुरका विपिन जोशीको खोजी र रिहाईका विषयमा पनि पहल हुने बुझिन्छ । कतार र प्यालेष्टाईन बीच राम्रो समन्ध रहेकाले नेपाल सरकारले कतार मार्फत विपीनको मुद्धा उठाउन पहल गर्ने छ।

आर्थिक हैसियतमा कतार पनि विश्वका विकसित देश मध्यको एक हो । नेपालबाट कामदार लगेर गुण लगाईदिएको शैलीमा नभएर कतारले अबका दिनमा नेपालको विकासमा आर्थिक सहयोग गर्नु पर्ने खाँचो छ । आम नेपालीको आकर्षणमा रहेको कतार पुलिस होस् या प्रतिबन्ध गरिएको भए पनि महिलाहरु नै धेरै कतारमा रोजगारीका लागि तेस्रो मुलुक हुँदै पगिरहेका बेला महिला कामदारहरुको विषयमा पनि श्रम सम्झौताले निर्देश गर्नुपर्ने देखिन्छ । श्रमिक भर्ना प्रक्रियालाई पारदर्शी बनाउनेदेखि श्रमिकलाई अन्तर्राष्ट्रिय कानुनले दिएका सुविधा प्राप्त हुने व्यवस्था मिलाउनतर्फ सरकारको ध्यान जान जरुरी छ ।