Breaking

गठबन्धनमा हलचल, ओलीको पाउँ पर्नु नै माधवको विकल्प, देउवाको बलमा पनि गठबन्धन फुटेन


काठमाडौँ – रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि मङ्गलबार मनोनयन दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षका लागि चुनावी मैदानमा पठाउँदा निकै सकस देखिएको गठबन्धनको तर्फबाट एमालेले बिमला घिमिरेको नाम दर्ता गरेको छ ।

मङ्गलबार राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकै सांसद दुर्गा गुरूङ प्रस्तावक र नारायणदत्त भट्टको समर्थनमा ७४ वर्षीय विष्णुदेवी पुडासैनीले उम्मेदवारी दिएकी हुन् । गठबन्धनको तर्फबाट एमाले सांसद् भगवती न्यौपानेको प्रस्तावमा एमालेकै गोपीबहादुर सार्की समर्थक बन्दा ५१ वर्षीय बिमला घिमिरेले उपाध्यक्षका लागि मनोनयन दर्ता गराएकी हुन् । गठबन्धनभित्र एमाले र नेकपा एकीकृत समाजवादीबीच कसले उम्मदेवारी दिने भत्रेबारे ठूलै टकराव भए पनि अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादीका अध्यक्ष माधव नेपाललाई पेलेरै भए पनि आफ्नो तर्फबाट उम्मेदवारी उठाउन सफल भएका हुन् । एमालेले उम्मेदवारी दर्ता गराइसकेपछि पनि आफ्नो दाबी कायम हुने बताएका माधव अन्तिम समयमा आएर पछि हट्न बाध्य बने । उम्मेदवारी दर्तालाई नै प्रतिष्ठाको विषय बनाएको ओलीले माधवलाई एक पटक पुनः उनको हैसियत देखाइ दिएका छन् ।

सत्ता सञ्चालनका लागि सुरुमा चार दलको मात्रै नयाँ समीकरण बन्दा राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउने सहमति थियो । तर, पछि सत्ता साझेदारको रुपमा माधव नेपालको पार्टी पनि प्रवेश भइसकेपछि उपाध्यक्षको पद एमालेले पाउने भत्रे सहमतिको बुँदा हटाइएको थियो । सहमतिको बुँदा हटाएपछि आफ्नै भागमा परेको सोचेका माधवलाई ओली–प्रचण्डले एक्ल्याइदिएका छन् । इलाममा माओवादीले एमालेलाई सहयोग गर्दा र बझाङमा एक्ला–एक्लै भिड्ने सुरमा रहेको गठबन्धनका दलहरू राष्ट्रिय सभाको उपाध्यक्षमा पनि माधवको हात खाली गराइदिएका छन् । ५८ सदस्यीय रहेको राष्ट्रिय सभामा बहुमतका लागि ३० जनाको मत आवश्यक हुन्छ । जसमा माओवादीका १७, एमालेको वामदेव गौतमबाहेक नौ र जनता समाजवादी पार्टीका चार मात्रै भए पनि आवश्यक बहुमत प्राप्त हुने देखिन्छ । माधवलाई ओली र प्रचण्डको निर्णय शिरोधार्य गर्नै पर्ने अलावा अरु विकल्प नहुँदा उपाध्यक्षमा पनि राष्ट्रिय सभाको अध्यक्षले जति मत पाए त्यति नै मत पाउने पक्का छ । च्याखे दाउँ हान्दाहान्दै पनि पछि परेका माधवको भाग ओलीले नै खाइदिएका छ ।

केन्द्र र प्रदेशको सरकारमा मात्रै समझदारी देखिएको सत्ता गठबन्धनमा अन्य राजनीतिक मुद्दा र चुनावी मैदानमा भने तालमेल देखिएको छैन । गठबन्धनमा भागबन्डाको सवाललाई लिएर ओलीको पेलानमा सबैभन्दा बढी माधव परेका छन् । इलाम, बझाङ र राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कतै पनि नछोडेको एमालेले पेलेरै माधवलाई सक्काउँदै लगेका छन् । प्रचण्डको पछि लागेर राष्ट्रिय राजनीतिमा सक्रिय देखिएका माधवलाई प्रचण्डले पनि साथ छोड्दै जाँदा ‘खाए खा नखाए घिच्’ कै अवस्थामा पु¥याएको छ ।

भागबन्डा मिलाउनकै लागि आफ्नो जिम्मेवारी सकुशल निर्वाह गर्दागर्दै पनि राष्ट्रिय सभाको उपाध्यक्षबाट उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन् । राष्ट्रिय सभा नियमावलीमा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था अनुरुप नै अर्यालले राजीनामा दिएकी थिइन् । तर, ओलीको पेलान वा खटन सहन सक्ने अवस्था नदेखेर ओलीलाई तह लगाउन १५ वर्षसम्म आफैँले नेतृत्व गरेको पार्टीलाई फुटाएर नयाँ पार्टी बनाएका माधव उसैको कठपुतली बनेर बस्न बाध्य छन् ।