Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

अभिनेत्री छिरिङलाई राष्ट्रपतिले दिए गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र

रोहीको सम्मानमा सगरमाथाको आरोहण गर्दै


काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको कालापत्थरमा नृत्य गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल अभिनेत्री, मोडल तथा डान्सिङ स्टार नेपालको विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमान प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालाई सबैभन्दा उचाइमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरेका हुन् ।

छिरिङ र कोरियोग्राफर जगदिश गुरूङले सन् २०२२ को नोभेम्बर १७ मा ५ हजार २७८ मिटर उचाइमा रहेको कालापत्थरमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर नयाँ रेकर्ड कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएकी हुन् । उनीहरूले ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर’ विधामा रेकर्ड राखेका हुन् ।

लामो समयदेखि मोडलिङ क्षेत्रमा क्रियाशील शेर्पा आउँदो बसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने तयारीमा छिन् । छिरिङले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पाहरूको सम्मानका लागि आफूले सगरमाथाको आरोहण गर्न लागेका बताइन् ।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट आरोहणसम्बन्धी तालिम लिएकी छिन् । एट्के एक्सिपिडिसन आरोही दलबाट उनले ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् ।

छिरिङ शेर्पा ‘कार्साङ’ चलचित्रमा अनुबन्धित, दयाहाङसँग अभिनय गर्ने