अन्तर्राष्ट्रिय

नाभाल्नीको हत्यारा पुटिन ! रुसमाथि खनियो अमेरिका, जेलमै जर्जर यातना दिएर हत्या ! को हुन् नाभाल्नी ? (भिडियोसहित)


काठमाडौँ— रुसी राष्ट्रपतिका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर यतिबेला रुसको चर्को आलोचना भइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वका शक्तिशाली देशले नाभाल्नीको मृत्युमा रुसी राष्ट्रपति पुटिन जिम्मेवार रहेको आरोप लगाएका छन् । यससँगै नाभाल्नीको मृत्युको रहस्य थप सतहमा आएको छ ।।

घोडामा सएर गरेर, सिंहको शैलीमा युद्धसंग पौठाजोरी खेल्न रमाउने रुसि राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वमा तरंग ल्याउने गरी शतिशाली व्यक्तीको जेल भित्रै हत्या गरेकाछन् । आफ्ना कट्टर आलोचक तथा विपक्षी नेता ४७ वर्षीय एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भएपछि यतिबेला उनको मृत्युको दोष पुटिनको थाप्लोमा आईपुगेको छ ।

१९ वर्षको जेल सजाय काटिरहेका नाभाल्नीको शुक्रवार जेल भित्रै ज्यान गएको छ ।यो घटनालाई विश्व समुदायले अस्वभाविक भनेकाछन् । नाभाल्नीको मृत्युको खबर अमेरिकामा खस्न नपाउँदै राष्ट्रपति जो बाईडेनलले विजुलीको गतिमा पुटिनलाई जवाफ फर्काएका छन् । युक्रेन माथि हमला गरेपछि पुटिनसंग पानी बाराबारको अवस्थामा रहेका प्ुटिन र बाईडेनबीच नाभाल्नीको मृत्युले फेरि वाक युद्ध सुरु भएको छ । बाईडनेले पुटिन प्रति लक्षित गदैै यो घटनाले आफु क्रोधित भएको प्रतिक्रिया दिएकाछन् ।

केही दिन अघि मात्रै नाभाल्नीलाई रुसको सबैभन्दा खतरनाक मानिने जेलमा राखिएको थियो । उनलाई खतरनाक जेलमा सारेदेखि नै रुसी राष्ट्रपति पुटिनका आलोचकहरुले नाभाल्नीलाई मार्ने योजनामा जेल सरुवा गरिएको आरोप लगाउँदै आएका थिए । आरोपकै बीच नाभाल्नीलीको मृत्यु भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नै जिम्मेवार भएको अमेरिकी राष्ट्रपतिसहित विश्वभरका नेताहरुले आक्षेप लगाएकाछन् ।

उनको रहस्यमय मृत्यु भएसँगै धेरै देशमा रुसी दूतावास नजिकै विरोध प्रदर्शनहरु भएका छन् । जहाँ रुसमै भएको प्रर्दशनका १०० भन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिईएको छ ।

नाभाल्नी त्यस्ता व्यक्ति हुन, जसले विश्वकै शक्तिशालि मानिएका नेता पुटिनसँग पौठाजोरी खेल्थे । पुटिनलाई रुसको उज्जवल भविष्यको बाधक देख्ने उनै नाभाल्नीले सन २०१७ को निर्वाचनमा पुटिनविरुद्ध राष्ट्रपतिमा उम्मेद्वारी दिने घोषणा गरे । तर, आपराधिक मुद्दाका कारण उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइयो । एक विपक्षी कार्यकर्ता जसले देशका धेरै ठूला भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान गरेर रुसका जनताको ध्यान आकर्षित गर्न सफल भएका थिए । उनले रुसको सबैभन्दा ठूलो पुटिनको पार्टी युनाइटेड रसियालाई ठग र चोरहरूको पार्टीको संज्ञा दिएका थिए । जहाँ रुसी राजनीतिमा पारदर्शिता खोजिरहेका नाभाल्नीको यो कदम पुटिनलाई पटक्कै मन परिरहेको थिएन । फलत उनले जेल भित्रै राम नाम सत्य गरिदिए ।

नाभाल्नी देशको बेथितिका बारेमा २०२० मा साइबेरियामा खोज रिपोर्ट तयार गर्दै थिए । यसै क्रममा उनलाई विष खुवाएर मार्ने प्रयास गरियो । जहाँ एक स्वतन्त्र जाँच आयोगले रुसी एजेन्टले नाभाल्नीको हत्या प्रयास गरेको निष्कर्ष निकालेको थियो । गम्भीर विरामी परेर कोमामा पुगेका उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । कोमामै पुगेपनि भाग्यबस बाचेका उनी ठिक भएसँगै रुस फर्किएका थिए । जतिबेला नाभाल्नीलाई रुस फर्किन सुरक्षित नहुने भन्दै चेतावनी दिइएको थियो । आफू राजनीतिक प्रवासी बन्न नचाहने भन्दै उनी बर्लिनबाट मस्को फर्किए । उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो । २०२१ देखि उनी जेलमा थिए । उनले आफ्नो रिहाइका लागि सडकमा उत्रिएर प्रदर्शन गर्न र सरकारलाई दबाब दिन जनतालाई आग्रह गरेका थिए । तर उनलाई जेलभीत्रै पनि मार्नका लागि अनेकन षडयन्त्र रचियो । फलतः एक खतरानक जेलमा सारिएको केही दिनमै उनको मृत्यु भयो । यस घटनाले यतिेबला विश्वको ध्यान केन्द्रीत गरेको छ भने पुटिनको चर्को आलोचना भइहरेको छ ।। विश्व स्वास्थ संगठनले समेत नाभाल्नीको मृत्यु प्रति चासो व्यक्त गरेको छ ।