काठमाडौँ – रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननका लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन्। खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीसहितको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो।
आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीबारे अध्ययन सुरु भएको बताए।
हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा सय वर्षअघिसम्म तामा उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन्।
तत्कालीन समयमा तामा उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
गत वर्ष तीनै ठाउँमा फलाम रहेरनरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए।
प्रतिक्रिया