Breaking

महाभूकम्पको डरमा नेपाल, विज्ञको कडा चेतावनी, ठूलो भूूकम्प नगई सुखै छैन


काठमाडौँ– जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले पश्चिम नेपाल प्रभावित बन्दा पुरै देश स्तब्ध बनेको छ । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा सवैभन्दा वढि जनधनको क्षती गर्दा वारम्बार आईरहेका पराकम्पले भुकम्प प्रभावित क्षेत्रका नागरिकको अझै सडकमै वास भएको अवस्था छ । जहाँ यो क्षेत्रमा अझै ठुलो भुकम्प जानसक्ने विगत देखि कै चेतावनी अहिले झन त्रासदीपूर्ण रुपमै फैलिरहेको छ । आखिर यो क्षेत्रमा ठुलो भुकम्पको खतराको तर्क के हो त ? एक रिपोर्ट ।

शुक्रबार मध्यरातमा जाजरकोट बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले पश्चिम नेपालमा असामान्य क्षती गरेको छ । जोखिमयुक्त भौतिक संरचना र रात्रीकालिन समय भएका कारण धेरै धनजनको क्षती भएको रुपमा यसलाई विश्लेषण गरिदाँ त्यसपछि आएका निरन्तरका पराकम्पले प्रभावित क्षेत्रका नागरिक त्रसित अवस्थामै छन । जहाँ यो भन्दा शक्तीशाली भुकम्प पश्चिम नेपाल र भारतको विभिन्न क्षेत्रमा जानसक्ने खतराको खवरले अर्को चिन्ता थपिदिएको हो । सन् १५०५ यता ठूलो भूकम्प नगएको यो क्षेत्रमा अब जाने भूकम्प ८.५ म्याग्नेच्युड भन्दा ठूलो हुने शोधकर्ताको अनुमानले अहिलेको भुकम्पमै यतिको हताहती भोगेको त्यो क्षेत्रको हालत के होला भन्ने वहस सुरु भएको हो ।

हुन पनि केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ । यसले पश्चिम नेपालको ठूलो भूकम्पीय जोखिमको संकेत गरिरहेको भुगर्भविद्हरुको तर्कका विच उनीहरुले मानिसहरु आफू जोखिमयुक्त तथा धेरै भौगर्भिक उर्जा संचित भएको क्षेत्रमाथि बसिरहेको भन्ने विषयमा सचेत हुनु आवश्यक रहेको बताँउदै आएका छन । भारतीय र तिब्बतीयन प्लेटविचको घषर्णका कारण यसैपनि नेपाल सधै भुकम्पको जोखिमयुक्त ठाँउमा रहँदै आएको छ । तर पश्चिमी क्षेत्रमा भने ५ सय १८ बर्ष यता ठुला भुकम्प नजाँदा ठुलो शक्ती सन्चिती भएर बसेको छ । जहाँ नेपालको पुर्वी र भारत आसपासमा भने सन १९३४ र नेपालको मध्यभागमा २०१५ मा गोरखा केन्द्रविन्दु भएर ठुला भुकम्प गईसकेका छन ।

भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ । सय वर्षमा त्यो दुई मिटर बन्दा विगत पाँच सय बर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो । तर ठुलो भुकम्प नजाँदा नेपालको पश्चिमी क्षेत्रको इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन । अर्थात अहिले यो क्षेत्रको भूसतह मुनी इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्न सक्ने शक्ती सन्चित भएको छ । जसलाई २०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो संग तुलना गर्दा त्यतिवेला मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो ।

यस हिसाबले भूगर्भविदले पश्चिम नेपालमा एकैचोटि १० मिटर स¥यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने अनुमान लगाएका छन् । अहिले नेपालको पोखरादेखि पश्चिम तथा भारतको दिल्लीदेखि उत्तरसम्मको भागमा यस्तो उर्जा संचित रहेको उनीहरुको दावी छ । भूकम्प कहिले जान्छ भन्ने कुराको ठ्याक्कै मिति एकिन गर्न नसकिने भएपनि उक्त क्षेत्रको थप अनुगमन गर्नु आवश्यक रहेको शोधकर्ताहरुको भनाइ छ भने इन्डियन प्लेट एकैचोटि १० मिटर सर्छ भन्ने निश्चित पनि छैन । तर आधा मात्र स¥यो भने पनि त्यसले ल्याउने सक्ने ८ म्याग्निच्युड हाराहारीकै कम्पन समेतले जनधनको क्षतीको हिसावले सर्वनाश कै अवस्था ल्याउन पर्याप्त हुने छ ।

यद्यपी कोशीपूर्व सिक्किम–दार्जिलिङसम्म १,३०० वर्षसम्म ठूलो कुनै भूकम्प गएको छैन भने हिमालयमा त्यत्रो वर्ष भूकम्प नगएको ठाउँ अत्यन्तै खतरानाक हुने भुगर्भविदहरुको भनाई छ । हुन त यो शक्ती सानो सानो भुकम्पका रुपमा समेत चोइटिएर वाहिर आईरहेको छ । तर अहिलसम्म आएका भुकम्प सयौ बर्ष निरन्तर गएपनि सन्चित शक्ती सवै बाहिर आईनसक्ने भूगर्भविदहरु बताउछन । जसले भूकम्प कहिले र कति रेक्टरको जान्छ भनेर भन्न नसकिए पनि विनाशकारी भुकम्पको जोखिम हाम्रो टाउकोमै रहेको प्रष्ट छ । त्यसैले आत्तिने भन्दा त्यस क्षेत्रको विस्तृत अनुगमन तथा अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ रहदाँ त्यो जोखिमको पूर्वतयारी नै अहिलेको एकमात्र विकल्प हो ।