काठमाडौँ– कमजोर भौतिक संरचनाकै कारण जारकोट भूकम्पमा परेर १५७ जनाले ज्यान गुमाए । ३ हजार बढी घर ध्वस्त भएका छन् । विज्ञहरुले फेरी पश्चििम क्षेत्रमै शक्तिशाली भूकम्प जाने बताईहेका छन् । तर समस्या परेपछि मात्रै ऐया भन्ने प्रवृतिले पूर्वसर्तकर्तामा ध्यान गएको छैन । भवन संहिताको पूर्ण पालना गर्दै भूकम्प प्रतिरोधि संरचना बनाउनमा तीनै तहका सरकार र सर्वसाधारण अँझै चुुकिरहेका छन् । भनिन्छ, ‘भूकम्प आफैले मान्छे मार्दैन, हामी आफैले बनाएका संरचनाले मान्छे मार्ने हो ।’ यो कथनी जाजरकोट भूकम्पसँग ठ्याक्कै मेल खान्छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १५७ जनाले ज्यान गुमाईसकेका छन् । जाजरकोट र रुकुमा पश्चिममा मात्रै ३ हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ । जाजरकोट भूकम्प क्षतिका हिसावले २०७२ सालको गोरखा भूकम्पपछिको ठूलो हो । ७२ सालको भूकम्प शनिवार दिउसो ११ बजेर ५६ मिनेटमा गएको थियो । मध्य दिउँसोको समय हुँदा कति मानीस भागेर पनि बाच्न सफल भए । तर जाजरकोटमा शुक्रवार मानिसहरू मस्त निद्रामा रहेका बेला भूकम्प आयो ।
यस्तोमा यसपटक तुलनात्मक रुपमा सानो भूकम्प भए पनि मानवीय क्षति धेरै भएको छ । ओछ्यानमा सुतेकै समयमा भूकम्प गएपछि मानिहरुले बाहिर निस्किने मौका समेत पाएनन् । ढुंगा र माटोले बनेका अधिकांश घर भत्किएका छन् । गतवर्ष कात्तिक २२ गते डोटी केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । बिहान २ बजेर १२ मिनेटमा गएको सो भूकम्पमा परि ६ जनाको ज्यान गएको थियो । तर, गत वर्ष डोटीमा गएको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोट भूकम्पमा बढी मानवीय र भौतिक क्षति भएको छ । मुख्यगरी ढुंगा–माटोले बनेका कच्ची घर र राति मानिसहरू सुतेको समय भएकाले पनि यति ठूलो धनजनको क्षति भएको हो । भौगोलिक विकटता, भिरालो जमिन, कमजोर संरचना, जनचेतनाको समेत कमी रहेको क्षेत्रमै रातको समयमा भूकम्प जाँदा धेरै मानविय क्षति भएको विज्ञहरु बताउँछन् ।
नेपाल भूकम्पीय उच्च जोखिमा रहेको छ । गोरखादेखि पश्चिम भारतको देहराधुनसम्मम ५०० बर्ष यताकै शक्ति सञ्चय भएर बसेकाले जुनकुकैबेला पनि ८ रेक्टर भन्दा माथिको शक्तिशाली भुकम्प जाने चेतावनी दिएको बर्षैँ भयो । भूकम्पको पूर्वानुमान पाउन सक्ने कुनैपनि प्रविधि बनिसकेको छैन । तरपनि भूगर्भविद्हरुले दिएका पटक–पटकका सुझाव नमान्दा जाजरकोटमा ठूलो मानवीय क्षति भयो । कच्ची संरचनाकै कारण मानवीय क्षति भोगेको तितो यथार्थबारे सरकार जानकार पनि छ । तर, संघ प्रदेश र स्थानीयतह कुनैपनि सरकार यसबारे गम्भीर छैन । भौगोलिक रुपमा समेत विकट कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्ला कुन दिन भूकम्पकै कारण क्षत विच्छेद हुन्छन् पत्तो छैन । गतबर्षदेखि नै दार्चुला, बाजुरा र बझाङमा गईरहेका पटक–पटकका परकम्पहरुले गम्भीर बन्न सन्देश नदिएको पनि होईन् । अहिलेपनि ती क्षेत्रका कैयन परिवार चर्किएका घरमै बस्न बाध्य छन् । गत असोज १९ गते बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए । तर सरकारी राहात अँझै बझाङ पुगेको छैन ।
२०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको महाभूकम्पमा परी झण्डै ९ हजारले ज्यान गुमाउदा ३५ लाख मानिसहरु घरबार विहीन भएका थिए ।
त्यसपछि आँखा खुलेको सरकारले गोरखासहितका जिल्लामा १० लाख बढी भूकम्प प्रतिरोधि घर बनाएको दावी गरेको छ । पक्की घर भएकै कारण कार्तिक ५ गते धादिङ केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प गएपनि मानविय क्षति हुन पाएन । २०७२ मा भूकम्प गएपछि बारपाक लगायत क्षेत्रमा प्रतिरोधि घर बनाईए । जाजरकोटमा पनि मानिसले ज्यान गुमाएपछि मात्रै प्रतिरोधि संरचना बनाउन सरकार तातेको छ । तर पूर्वसर्तकतामा खासै ध्यान दिईएको छैन ।
राष्ट्रिय भवन संहिताले पनि घर बनाउनुपूर्व भूकम्पीय जोखिमबारे अध्ययन, ठाउँ र माटोको प्रकोपअनुसार डिजाईन फरक हुनुपर्ने तथा भवन सुरक्षित हुनेगरी डिजाइन बनाउनुपर्नेमा जोड दिईएको छ । तर भवन संहिताको कार्यान्यवनमा सरकार र सर्वसाधारणले पनि चरम लापरवाही गरिरहेका छन् । जापान लगायतका देशहरुमा दैनिकजसो भूपम्प गईरहन्छन् । तर नयाँनयाँ प्रविधिको प्रयोग गररिएका कारण ६ म्याग्निच्यूड सम्मका भूकम्प ती देशमा सामान्य मानिन्छन् । हावा र पानीबाट उत्पन्न हुने समस्यालाई मात्रै प्राकृतिक प्रकोप मान्ने र हावा र पानी छेक्न मात्र घर बनाउने प्रवृतिले अहिले भूकम्पीय क्षति बढिरहेको छ । त्यसकारण अनुदान दिएरै भएपनि भूकम्प प्रतिरोधि घर बनाउन लगाउने जिम्मेवारी पुरा गर्न सरकारले ढिला गर्नु हुन्न ।


प्रतिक्रिया