Breaking

मोदीसँग पुटिनले खोजे साथ, हतियारदेखि सेनासम्म छलफल

योहो संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । दुई नेताबीच रुस–युक्रेन युद्धबारे छलफल भएको रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । मोदी र पुटिनबीच रूस–युक्रेन युद्धको पछिल्लो अवस्था र केही दिनअघि रूसमा भएको विद्रोहबारे छलफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रूसको निजी सैन्य कम्पनी वागनर समूहले गत साता पुटिनविरूद्ध विद्रोह गरेको थियो ।

उक्त विद्रोह साम्य पार्न पुटिनले चालेका कदमको मोदीले समर्थन गरेका छन् । युक्रेनमाथि रुस आक्रमणको पश्चिमा मुलुकहरूले तीव्र विरोध गर्दा भारत भने अहिलेसम्म तटस्थ बसेको छ । भारतीय प्रधानमन्त्री मोदीले गत साता संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण गरेका थिए । अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका मोदीले रक्षासहित विभिन्न क्षेत्रमा अमेरिकासँग महत्वपूर्ण सम्झौता पनि गरेका थिए । यता भारत र रुसबीच दशकौँ पुरानो सुदृढ सम्बन्ध छ जुन शीतयुद्धकालीन समयदेखि जारी छ । भारतको सबभन्दा ठूलो रक्षा सामग्री आपूर्तिकर्ता रुस नै हो ।

अचेल अमेरिकाले समय बदलिएको भनेर भारतलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको छ । साथै अमेरिका र भारतबीच पनि सम्बन्ध गहिरिएको छ । अमेरिका भारत द्विपक्षीय व्यापार १५० अर्ब डलर पुगेको छ जबकि रुस भारत व्यापार आठ अर्ब डलरमा सीमित छ । संयुक्त राष्ट्रसङ्घमा रुसलाई निन्दा गरिएको प्रस्तावमा मतदान हुँदा एक सातामै भारतले तीन पटक भाग लिएन । युद्धका कारण विश्वभरि ऊर्जाको मूल्य बढिरहँदा भारतले निकै छुटमा रुसी आयात बढाएको विवरण समेत आएको थियो । साथै उसले रुसको नामै किटेर आलोचना गर्नबाट पनि आफूलाई रोकेको छ ।

चीनसँग जटिल सम्बन्ध व्यवस्थापनमा भारतलाई अमेरिका र रुस दुवैको साथ समर्थन चाहिन्छ । गत वर्ष दुई छिमेकीबीच हिमाली क्षेत्रस्थित विवादित सिमाना क्षेत्रमा तनाव चर्किएर आमनेसामने हुदाँ सेना खटाइए । दीर्घकालमा भारतले रणनीतिक तटस्थताको नीति नै अँगाल्नुपर्ने भयो । छिमेकीसंग सधै कालो मुख लिएर बस्ने भारत भुगोलमा टाढा रहेको रुससंग भने मुखै जोड्न पनि पछि पर्दैनन् । युक्रेन युद्धमा रूसविरोधी मोर्चामा रहेको अमेरिका भ्रमणबाट फर्किएका मोदीले दस दिन नबित्दै पुटिनसँग गरेको टेलिफोन वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।