Breaking

प्रधानमन्त्री बनेपछि पहिलोपटक कड्किए प्रचण्ड,सत्ता ढाल्न तम्सिएका ओली–देउवाको मुख बन्द


काठमाडौँ — साढे १ दशक सशस्त्र युद्ध गरेर शान्ति प्रक्रियामा आएका माओवादी जनयुद्धकालका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री हुन् । सशस्त्र युद्ध रोकेर संसदीय राजनीतिमा होमिएका उनै प्रचण्डकै वरिपरी अहिले पनि मुलुकको राजनीति घुमिरहेको छ ।यो पटकको चुनावमा ३२ सिटसहित तेस्रो राजनीतिक शक्तिमा खुम्चनुपरे पनि उनकै नेतृत्वमा सरकार विस्तार भयो । अहिले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणको फाईल खोल्न आँट गरेसँगै उनले आफ्नो ओहोदा थप उच्च बनाएका छन् ।

जनयुद्धकालका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री हुन् । २०६४ सालको संसदीय चुनावमा होमिएकै वर्ष बहुमत पाएर एकल नेतृत्वमा सरकार निर्माण गर्न सफल भएका प्रचण्ड वितेको साढे १ दशकमा पटक–पटक प्रधानमन्त्री बने । जनुयुद्धको सर्वोच्च कमाण्डर भएपनि संसदीय राजनीतिमा होमिएपछि पटक–पटकको विभाजन खेपेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफू शक्तिशाली बन्न विभिन्न प्रयास नगरेका होइनन् । यसअघि नेकपा एमालेसँग पार्टी एकता गरेका प्रचण्डले त्यो एकतालाई धेरै समय टिकाउन सकेनन् ।

तरपनि उनी देशको राजनीतिलाई आफ्नै मुठिमा नचाउन सफल भईरहे ।धर्म निरपेक्षता, संघियता, गणतन्त्र सबै एजेण्डा माओवादीले स्थापित गरेकै एजेण्डा हुन् । माओवादीकै जगमा टेकेर राजसंस्थाले घुँडा टेक्नुपरेको थियो । आफ्नै मुद्दामा देश अघि बढाउन सफल हुँदासमेत प्रचण्ड कतै सबै उपलब्धि गुम्ने पो हो कि ? भन्नेमा शशंकित छन् । नयाँ पुस्ताबीच पहिले देशमा दूधकै नदी बग्थ्यो भन्ने भाष्य खडा गरिन लागेको भन्दै उनले २० वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन विभिन्न प्रपञ्च रच्ने काम भईरहेको बताउँछन् ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका ‘प्रचण्ड’ले पुस ११ गते सपथग्रहण गरे । सरकार गठन भएको ६ महिना बित्यो भने यसबीचमा उनी दुईवटा गठबन्धनमा सामेल भए । सुरुमा नेकपा एमालेको काँधमा चढेर प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नो राजनीतिक भविश्य सुनिश्चित गर्दै एमाले छाडेर कांग्रेससँगको गठबन्धन ब्युँताउन पुगे । यसबीचमा अस्थिर व्यक्तिको ट्याग भिरेर हिँडका उनले ६ महिनाको अवधिमा २ वटा भ्रष्टाचारका ठूला फाईल खोल्दा उनको हिम्मत अझै बढेको देखिन्छ ।

अहिले फेरि कांग्रेस र एमाले मिलेर सत्ता समीकरण फेरबदलको कसरत भित्रभित्रै भईरहँदा प्रधानमन्त्री प्रचण्डले अर्को तिर फालेर आफ्नो हिम्मत बढाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण सेलाउन नपाउँदै सरकारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको फाईल खोलेर एकैदिन ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुनै समय प्रधानमन्त्री प्रचण्डकै विश्वासपात्र मानिने व्यक्तिहरुसमेत छन् । प्रधानमन्त्री निवास नै निल्न खोज्नेहरू पक्राउ पर्न थालेको भन्दै प्रधानमन्त्री प्रचण्डले उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको भनेर ढुक्कले बोल्न थालेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उनको उपस्थिति बलियो देखियो । यसअघिका दिनहरुमा सांसदहरुको प्रश्नमा कामचलाउ जवाफ दिने गरेको भन्ने आरोप खेपेका उनले बुधबारसांसदहरुलाई चोटिलो जवाफ दिए । भ्रष्टाचारविरुद्धको लडाई अझै नरोकिने भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताए ।

प्रधानमन्त्री प्रचण्ड यतिमा मात्रै रोकिनेवालामा छैनन् । दिनदिनै आफूमाथिको घेराबन्दी बढ्दै गएको बुझेका उनले नयाँ राजनीतिक शक्तिहरुलाईसमेत मुख बन्द गर्ने रणनीति बनाईरहेका छन् । अझ भनौँ उनले आफ्नो हिम्मत बढाउने वालामा छन् । भ्रष्टाचार र सुशासनको नारा बोकेर उदाएका राजनीतिक शक्तिहरु उहि पुरानै राजनीतिक शक्तिहरुकै लहैलहैमा अघि बढिरहँदा प्रधानमन्त्री प्रचण्ड भने एकपछि अर्को महत्वकांक्षी कदम अघि बढाउँदै आफ्नो हिम्मत देखाईरहेका छन् ।

यसले पुरानो विरासत पुनःस्थापित हुने उनको विश्वास छ । जस्तोसुकै समस्या आउँदासमेत डटेर अघि बढ्ने प्रवृत्तिका प्रचण्ड साँच्चैको सर्वोच्च नेता बन्न चाहन्छन्, त्यसकै उपज उनी थप हिम्मत देखाएरै भ्रष्टाचारका ठूला फाईलहरु खोल्न पछि नहटेको जगजायर नै छ ।