विदेश

युद्धकालमा जबर्जस्ती श्रममा लगाएका पीडितलाई क्षतिपूर्ति दिलाउने जापानको घोषणा


काठमाडौँ — युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । राष्ट्रपति जो बाइडेनले ऐतिहासिक सफलताको संज्ञा समेत दिएका छन् । युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ऐतिहासिक सफलताको संज्ञा दिएका छन् । सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको थियो ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनले सन् १९६५ मा टोकियोसँग भएको क्षतिपूर्ति सम्झौताबाट लाभान्वित भएका प्रमुख दक्षिण कोरियाली कम्पनीहरूबाट रकम लिने र त्यसलाई पीडितलाई क्षतिपूर्ति दिन प्रयोग गर्ने सियोलको योजना रहेको छ । यद्यपि, पीडितहरूले यो प्रस्तावको आलोचना गरेका छन् । किनभने यो टोकियोबाट पूर्ण माफी माग्ने र यसमा संलग्न जापानी कम्पनीहरूबाट प्रत्यक्ष क्षतिपूर्तिको मागभन्दा धेरै कम छ ।

सियोलले आणविक शक्ति सम्पन्न उत्तर कोरियाको सामना गर्ने उपायको रूपमा टोकियोसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेको छ । संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानसँगको त्रिपक्षीय सम्बन्धलाई इन्डो–प्यासिफिक क्षेत्रीय स्थिरताको लागि महत्वपूर्ण कदमको रूपमा वर्णन गरेको छ ।

बाइडेनले ट्वीटरमा लेखेका छन् हाम्रा दुई निकटतम सहयोगी जापान र गणतन्त्र कोरिया ऐतिहासिक सफलतामा पुगेका छन् । हामी सबै सुरक्षित र समृद्ध भविष्यतर्फ अघि बढिरहेका बेला संयुक्त राज्य अमेरिका दुवै देशका जनताको साथमा उभिएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनले सियोल र टोकियोको साहस र दूरदृष्टिको प्रशंसा गरेको र यस महत्वपूर्ण उपलब्धिको प्रसंशामा सहभागी हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेका थिए ।