Breaking

प्रचण्डको भाग्य प्रतिपक्षीबिहीन संसद ! विश्वासको मत पाउनेमा ढुक्क, के–के छन आधार ?


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते मंगलबार बिहान ११ बजे बस्ने संसद वैठकमा विश्वासको मत लिदैछन ।यसका लागि दौडधुप बढाँउदै आएका उनले केहि दिन अघिसम्म प्रतिकुल वातावरणको सामना गर्दै आएका थिए । तर पछिल्लो अवस्थामा भने उनी विश्वासको मत प्राप्त गर्ने अवस्था निर्माणमा सफल देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिदैछन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सोमबारको बैठकपछि अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन भने यो यहि वैठकमा विश्वासको मत लिने कार्यसूचि छ । यो विचमा सत्ता गुमाएर रन्थनिएको कांग्रेसको विश्वासको मत मै असफल पार्ने तयारी र सम्भावित नयाँ समिकरणको प्रयास त्यस्तै शक्ती केन्द्रको दौडधुपको पेचिलो अवस्था पार गरेका उनका लागि यो निकै प्रतिक्षित विषय समेत बनेको छ । एकातर्फ आफ्नो सरकारलाई समर्थन गर्ने तर कांग्रेसंसग वार्ता पनि कायम गर्ने केहि दलहरुको क्रियाकलापले पनि उनलाई पसिना छुटाएको थियो ।

जहाँ गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले कस्तो फैसला गर्छ र वर्तमान गठबन्धन तलमाथि पर्ने विषयले समेत उनले शान्तीको सास फेर्न सकेनन् । तर प्रधानमन्त्री नै बाड्ने कांग्रेसको अफरलाई पृथ्वी जयन्तीको विदा अघि फिक्का बनाँउदै राप्रपालाई समेटेका उनले जसपालाई पनि समेट्न सफल भएका छन् ।

अर्कातर्फ यहि रस्साकस्सीकै कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि झस्किए । फलत गठबन्धनको सफलता र असफलतामा आफ्नो पनि भविष्यजोडिएको बुझेका उनले कसै गरे यसलाई सफल पार्ने र प्रचण्डलाई विश्वासको मत दिलाउने उद्घोष नै गरे ।यहिवीचमा आजको संसद बैठक सुरु हुनुअघि सोमबार बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा दलका नेतालाई मंगलवार अनिवार्य उपस्थित हुन र विश्वासको मत दिन निर्देशन नै दिएका छन । विकसित घटनाक्रम विस्तारै नियन्त्रणमा आएको ठानेरनै हुनुपर्छ उनी प्रचण्डलाई विश्वासको मत पाउनेमा विश्वस्त छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिन आफ्ना सांसदलाई आह्वान गरेको छ भने प्रचण्ड त कांग्रेसले समेत विश्वासको मत दिने विश्वासमा छन् ।सोमबार पार्टी संसदीय दलमा वैठकमा उनले यसबारे विस्तृतमा नबताए पनि यो सम्भावनातर्फ संकेत गरेका थिए ।राष्ट्रपति र सभामुख दुवै पद एमालेको पोल्टामा जाँदा राज्यसंरचनामा एमाले हाबी हुन सक्ने डरमा कांग्रेसका नेताहरु छन् । बरु प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनको आशा जीवित राख्ने कांग्रेसले संकेत गरेपनि संसदलाई प्रतिपक्षी विहिन बनाउन नहुने तर्कपनि कांग्रेसमा वलियो छ ।

तर प्रचण्ड सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी भने प्रतिपक्षमा बस्ने भएको छ ।जहाँ आईतवार नागरिक उन्मुक्ति पार्टीसंग मधेस आन्दोलन लगायतका विषयमा कार्यगत सहकार्य गर्न आइतबार सहमति गरेको जनमत पार्टीले पनि विश्वासको मत नदिने त हैन भन्ने डरमा प्रचण्ड छन् । त्यस्तैउनलाई समर्थन गरेका अन्य २ जना स्वतन्त्र सांसदले पनि उनलाई विश्वासको मत नदिने सम्भावना छ ।जहाँ एकीकृत समाजवादीलेभने यस वारे केहि खुलाएको छैन । यसको उत्तरमा आफूहरु छिनछिनमा सरकार परिवर्तन होसभन्नेमा नरहेको बताएका समाजवादीकानेताहरुले प्रचण्डलाई आवश्यक मत गठबन्धनमै रहेको बताएका छन् ।

यसरी हेर्दा निकै रस्साकस्सीको परिस्थिति व्यहोरेका प्रचण्डले विश्वासको मत पाउने भएका छन् । उनलाई समर्थन गरेकै दुई पार्टी नागरिक उन्मुक्ति र जनमतले साथ नदिएपनि उनले १२ मत मात्र गुमाउनेछन् । यदि त्यसो भए पनि १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका उनले आवश्यक १३८ मत भन्दा १९ वढि मत नै प्राप्त गर्ने छन । जसले आगामी दुई बर्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नेमार्ग प्रसस्त गर्नेछ ।