Breaking

प्रदेशले धमाधम नेतृत्व पाउदै, कुन दलको भागमा कति प्रदेश ? कतै फेरबदल त कतै पूर्णकालको सहमति


काठमाडौँ — सत्तारुढ सात दलबीच सहमति जुटेसँगै प्रदेशले धमाधम नेतृत्व पाउन थालेका छन् । प्रदेशको नेतृत्वमा गठबन्धनबीच कही आलोपालो त कही बिना फेरबदलको भागबन्डामासहमति जुटेको हो । सत्तारुढ गठबन्धनबीच सहमति जुटेसँगै प्रदेश सरकारहरुले पनि धमाधम नेतृत्व पाउन थालेका छन् । सात प्रदेश अन्तर्गत सत्ता साझेदार दलहरुको भागबन्डामा नेकपा एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र जसपाले १ स्थानमा नेतृत्व पाउने सहमति बनेको हो ।

यद्दपी प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भने आलोपालो हुने छैन । सहमतिअनुसार एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाएको छ । त्यसैगरी माओवादीले वाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ ।
सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले नेतृत्व गर्नेछन । सहमति बमोजिम प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सरकार गठनका लागि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।गण्डकीमा एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीमुख्यमन्त्रीमा नियुक्त भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पुस २७को समयसिमा तोकिएको छ । जहाँ एमालेबाट संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्का भएको छ ।मधेश प्रदेशको नेतृत्व भने जसपाले पाउने छ ।

जसपा र जनमत पार्टीबीच सो प्रदेशमा आलोपालोको सहमति बनेको छ र पहिलो चरणमा जसपाले नेतृत्व गर्नेछ छ ।मधेस प्रदेशको दलको नेतामा निवर्तमान सभामुख सरोज यादव निर्विरोध चयन भएका छन् । दलको नेताका लागि भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख यादवले उम्मेदवारी दिएका थिए । तर अन्तिम समयमा राउतले यादवलाई नै समर्थन गरेपछि उनी निर्विरोध दलको नेता चयन भएका हुन् । यससँगै सरोज यादव मुख्यमन्त्री बन्ने पक्का भएको छ भने दोस्रो पटक मुख्यमन्त्री बन्ने तयारीमा रहेका लालबाबु यादवको दौडमा भने ब्रेक लागेको छ ।

गठबन्धनको सहमति अनुरुप कर्णालीमा पहिलो चरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेछ । जहाँ एमालेको समर्थनमा माओवादीका राजकुमार शर्माले बुधवार मुख्यमन्त्रीको दाबी पेस गर्नेछन ।यद्दपी कर्णालीमा एमालेले माओवादीलाई साथ दिन्छ कि दिँदैन भन्ने खालका आशंका पनि उब्जिन थालेको छ । नेकपा एमालेका नेता कार्यकर्ताहरुले बालकोटले कर्णालीलाई अन्याय गरिरहेको भन्दै सो निर्णयको विकल्प खोज्न आग्रह गरिरहेका छन् ।

कर्णाली प्रदेशसभाको समीकरण अनुसार एमालेले विद्रोह गरेर कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने स्थिति निर्माण गर्ने सम्भावना बढीरहेको छ । गठबन्धनका शिर्ष नेताहरुबीच भागबण्डा मिलेर केही प्रदेशमा धमाधमसरकार गठन भइरहेको छ । तर कतिपय प्रदेशको भागबण्डामा पार्टीभित्रचर्को असन्तुष्टि र दबाब बढ्दा गठबन्धनले सोचेअनुरुपको