Breaking

ब्राजिलको राष्ट्रपति भवन र संसदमा कसले गर्यो तोडफोड ? राष्ट्रपति भवनमा राखिएका हतियार पनि लुटियो


काठमाडौँ — ब्राजिलमा राष्ट्रिय फुटबल टिमको जर्सी लगाएर र झन्डा बोकेर आएका हजारौं प्रदर्शनकारीहरूले राष्ट्रपति भवन र संंसद भवन प्रवेश गरेर हंगामा नै मच्चाए । आखिर को थिए त ति प्रर्दशनकारी ? ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू एवं दक्षिणपन्थी नेताहरुले आइतबार राष्ट्रपति भवन र संसद भवन प्रवेश गरेर हंगामानै मच्चाएका छन् । ब्राजिलको राष्ट्रिय फुटबल टिमको जर्सीमा आएका हजारौं प्रदर्शनकारीहरू झन्डा बोकेर सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका थिए ।

केही प्रदर्शनकारीले संसद् भवनभित्र रहेको सभामुखको आसनकक्ष र सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा समेत तोडफोड गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । सीएनएनका अनुसार नवनिर्वाचित राष्ट्रपतिको लागि भेला भएको टोली कार्यालयभित्र काम गरिरहेको बेला प्रदर्शनकारीहरू प्रवेश गरेका थिए, तर त्यतिबेला राष्ट्रपति त्यहाँ उपस्थित नभएको बताईएको छ । बोल्सोनारोका समर्थकहरूले तल्लो सदन भवनमा आक्रमण गरेपछि एक पुरुष प्रदर्शनकारी ब्राजिलको सभामुखको कुर्सीमा बसिरहेको समेत देखिन्छन् । यसैबिच ब्राजिलका सञ्चारमन्त्री पालो पिमेन्ताले राष्ट्रपति भवनमा राखिएका घातक र गैरघातक हतियार प्रदर्शनकारीले लगेको दाबी गरेका छन् ।

तर कति हतियार चोरी भएको थियो भन्नेबारे सरकारले सार्वजनिक रुपमा उल्लेख गरेको भने छैन । त्यहाँका स्थानीय समाचार रिर्पाेटका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् । अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतिको निर्वाचनमा ५० दशमलव ९ प्रतिशत मतका साथ बोल्सोनारोलाई पराजित गर्दै ब्राजिलको राष्ट्रपति निर्वाचित भएका थिए । अपेक्षा गरिएको भन्दा तीव्र प्रतिस्पर्धात्मक चुनावमा वामपन्थी नेता ७७ वर्षीय लुलाले दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेका हुन् ।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल परेका थिए । उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । ५ सय दिनभन्दा बढी समय जेलमा बिताएपछि अदातलले उनलाई रिहा गर्दै प्रतिबन्ध खारेज गरेको थियो । लुलाको कार्यकालमा ब्राजिलले तीव्र गतिमा आर्थिक वृद्धि गरेको थियो भने उनको समाजकल्याणसम्बन्धी योजनाका कारण दशौं लाख मानिसले गरिबीबाट छुटाकारा पाएका थिए । लगातार दुई कार्यकाल मात्रै राष्ट्रपति हुन पाउने व्यवस्थाको कारण सन् २०१० मा लुलाले राष्ट्रपतिबाट बाहिरिँदा उनको लोकप्रियता उच्च रहेको थियो । लुलाको यस जितलाई उनको राजनीतिक पुनरागमनको रुपमा समेत लिइएको छ ।

लुलाको यस जितलाई बोल्सोनारोका समर्थकहरुले भने चुनावी अस्वीकार गर्दै आएका छन् । लुलाको शपथ ग्रहण समारोहमा पनि बोल्सोनारो सहभागी भएका थिएनन् । उनका समर्थकहरुले समारोह बिथोल्न सक्ने आशंकामा सुरक्षा व्यवस्था समेत कडा पारिएको थियो । अर्कोतर्फ ब्राजिलका ट्रम्प भनेर चिनिने बोल्सानारोमाथि कोभिड १९ को महामारीको व्यवस्थापन राम्रोसँग गर्न सकेको भन्दै आलोचना हुँदै आएको थियो । बोल्सोनारोको लिएको नीतिको कारण धेरै ब्राजिलियालीहरुले ज्यान समेत गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गर्दे आएका छन् ।

यसैबीच पूर्वराष्ट्रपति बोल्सोनारोले भने यस घटनाको निन्दा गरेका छन् । र यस घटनालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि निन्दा गरेका छन् । राष्ट्रपति बाइडेनले ब्राजिलमा प्रजातन्त्रमाथि भएको आक्रमणको म निन्दा गर्दे ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूलाई आफ्नो पूर्ण समर्थन रहेको र उनीहरूको इच्छालाई कमजोर पार्नु हुँदैन भन्दै आफु ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग काम गर्न तयार रहेको समेत समाजिक सञ्जाल ट्युटर मार्फत उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि ब्राजिलको लोकतान्त्रिक संस्थामा भएको आक्रमणको निन्दा गर्दे उनले लोकतान्त्रिक संस्थामाथि आक्रमण गर्न नहुने बताएका छन् ।

कतिपयले त ब्राजिलमा भएको यस घटनालाई ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले गरेको आक्रमणसँग समेत तुलना गरेका छन् । उक्त आक्रमणबारे छानबिन गर्न ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । र संगै गठित संसदीय समितिले ट्रम्पलाई फौजदारी अभियोग अनुसार कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाइसकेको छ । यसै क्रममा ब्राजिलका नवनिर्वाचित राष्ट्रपति शिल्भाले पूर्वराष्ट्रपतिका समर्थकहरूलाई कडा कारबाही गर्ने बताएका छन् ।