Breaking

बजारमा थरी–थरीका तरुल, एकैहप्ता ३५५ टन तरुल काठमाडौँबासीले खाए, तरुल खाँदा के हुन्छ ?


काठमाडौँ — माघे सङ्क्रान्ति आउन केहीदिन बाँकी रहँदा उपत्यकाका बजारमा धमाधम तरुल भित्रिन थालेको छ । पुस महिना सुरु भएदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल भित्रिन थालेको हो । माघे सङ्क्रान्तिलाई लक्षित गरेर व्यापारीले उपत्यकाका बजारमा देशका विभिन्न ठाउँबाट बजारमा तरुल भित्राउन थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिक उप निर्देशक दिनेश श्रेष्ठले तेस्रो हप्ता सम्ममा मात्रै ३५५ टन कालीमाटीमा तरुल भित्रिएको बताए ।

तरुललाई जाडोयामको खाइने आकर्षक कन्दमुलको रुपमा लिइन्छ । माघे संक्रान्ती निकटमै रहेकाले यो साता अधिकतम तरुल काठमाडौँ भित्रिने देखिन्छ । अघिल्लो वर्षमा१३ सय २६ टन भित्रिएको तरुल यो वर्ष पति उत्तिकै मात्रामा आयात हुने अनुमान गरिएको छ । नेपालको उत्पादनले माग नधान्ने भएपछि भारतबाट समेत माघे संक्रान्ती लक्षित गरि दुई हप्ता अघि देखि नै तरुल आयात भइरहेको छ ।
बाईट … दिनेश श्रेष्ठ, उपनिर्देशक, कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति
सिमल तरुल, वन तरुल, पताले तरुल, घर तरुल र हात्तीपाइले तरुल उपभोक्ताले बढि रुचाउने गरेका छन् । अरु जातको भन्दा यी जातको तरुलको मुल्य पनि बढि रहेको छ ।

बजारको ठूलो हिस्सा तराईका घर तरुलले ओगटे पनि मूल्यका हिसाबले पहाडबाट आउने पताले तरुल, वन तरुल, इस्कुसको जरा, पानी तरुल महँगो बजार भाउ बनाएको छ ।माघ १ सम्म बजारमा तरुलको माग अधिक हुने व्यवसायीहरुको अपेक्षा छ ।

माघे सङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सर्लाही, सुनसरी, काभ्रे, मकवानपुर, चितवन र धादिङबाट तरुल भित्रिएको छ ।१२ वर्षदेखि तरुल व्यापार गरिरहेकानवीन अर्यालका अनुसार तरुलको व्यापारमा राम्रो आमदानी हुने गरेको छ । अहिले बजारको खुद्रा मुल्य भने तरुल अनुसार ६० देखि ८० रुपैंया किलोमा बिक्री भइरहेको छ ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्तिु पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि साउने सङ्क्रान्ति र मकर राशि माघे सङ्क्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकालेदिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइने चलन छ ।