Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

राष्‍ट्रपति भण्डारीको यात्रा साझा बसमा


काठमाडौँ —शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन् । साझा यातायातको बिजुली बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन् । उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो । उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन् ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए । त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन् ।