Breaking

जनतासँग नेताको उधारो, सम्झौता कहिलेसम्म ? दोषि नेता कि जनता ?


काठमाडौँ — कार्यन्वयनहोस् या नहोस् तर राजनीतिकदल र उम्मेदवारले विकास र समृद्धिको खोक्रो सपना बाँडेरै भएपनिपटक पटकमतदाताझुक्याउँदै आएका छन । निर्वाचनको पहिलो सर्त सरह बनेको महत्वकांक्षी घोषणपत्र सहितदल र उम्मेदवार फेरी भोट माग्दै मतदातामाझपुगेका छन ।

भरोषा छैन तर पनिथोरै आश राख्दै सर्वसाधरण आफ्नो मताधिकारको प्रयोग गर्न बाध्य छन । अबको १० दिनमा संसदीयनिर्वाचनहुँदैछ ।आसन्ननिर्वाचनलक्षितगर्दै मुलुकको राजनीतिकस्थायीत्व सहितविकास र समृद्धिको झ्याली पिट्दै राजनीतिकदल र उम्मेदवार यत्तिबेलामतदाताको घर–घर पुगिरहेका छन । चुनावको मितिजतिजतिघर्किदैछ दल र उम्मेदवारहरु मतदाता रिझाउन अनेकनप्रपञ्च रचिरहेकै छन् ।

राजनीतिकदल,उम्मेदवार र कार्यकर्तालाईभोटमाग्नभ्याईनभ्याई छ । सबैको जोड विकास र समृद्धि नै रहेको छ । राजनीतिकदल र तिनकाउम्मेदवार जनतामाझ प्रस्तुत गरेका आफ्ना घोषणपत्र कार्यन्वयनगर्ने ठोकुवागर्दै हिँडेका छन ।आम सर्वसाधरण अझै पनिदल र उम्मेदवारले बाँडेको चुनावी सपना र मनगडन्ते गफमा पटक पटकझुक्किँदै आएकाछन । मतदाताकै मन र मतजितेपछि मतदाताको दैनिकीजनजीविकासँगजोडिनु पर्ने नेतृत्वफर्केर पनिमतदातामाझनपुगेकोमाआममतदाताआक्रोशितछन ।

२०७४ को आमनिर्वाचनमासुविधासम्पन्न सहर,रेल,गरिबीन्यूनीकरण जस्ता महत्वकांक्षीआश्वासनदिएपनि घोषणपत्रएकातिर र कामअर्कोतिर गरेकाहरु नै पुनमतदातामाझपुग्दाभरोषा छैन । आफुले जिताएर पठाएका व्यतिmले केहिगरिहाल्छ भन्ने आशापनि छैन ।

तर फेरी पनिनीतिगत सुधार र आधारभूतआवश्यकता पुरा हुने अपेक्षा सहितमतदानमाभागलिँदै आएका छन । निर्वाचनमाआम सर्वसाधरणको उत्साहजनकउपस्थिति यसैको उदाहरण हो । निर्वाचन र नेतृत्वचयनको सवालमाआम सर्वसाधरणमा अझै पनि राजनीतिक चेतनामाकमजोरहुँदाको परिणाम भएको कतिपयको विश्लेषण छ ।

सेवामा समर्पित हुनुपर्ने राजनीति पछिल्लो समयव्यवसायीकरण उन्मुखभएको आरोप लाग्दै आएको छ । विकास र समृद्धिको नारा सहित पटक पटक सत्ताको स्वादचाखेका, मुलुकको बागडोर सम्हालेकारु नै जनताप्रतिभन्दाशतिm र सत्ता स्वार्थमुखीबन्दाव्यवस्था परिवर्तन भएपनिनागरिकको अवस्थाथपदयनियबन्दै गएको छ । चुनाव केवलउधारो सम्झौता र जनताझुक्काउँदै सिमितव्यतिm सत्तामापुग्ने माध्यममात्र बनेको छ ।