Breaking

महिलाहरुको साहसिक काम, रिभरगाइड बन्न के–के गरे ?


काठमाडौँ — सिन्धुपाल्चोकको सुकुटेमा संचालन भएको रिभरगाइड प्रशिक्षण बाट ४७ जना नेपाली महिला प्रशिक्षीत भएका छन् । नेपालमा र विश्वमै रिभरगाइडको माग अत्याधिक भएका बेला सम्पन्न भएको प्रशिक्षणले जिविकोपार्जनमा नयाँ आयम थपेको छ । झन्डै ३० जिल्लाका १८ देखि ३० वर्ष उमेरका ४७ महिलाले साहसिक रिभरगाइड बन्ने अवसर प्राप्त गरेका गरेका छन् । सिन्धुपाल्चोकको सुकुटेमा नेपाल पर्यटन बोर्ड, युएनडिपीको एसपिएलआरपी र नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा महिला रिभरगाइड प्रशिक्षण तथा १२ दिने प्राक्टिकल कोर्स सञ्चालन गरिएको हो । भैँसेस्थित सुकुटे भ्याली रिसोर्टमा क्याम्प खडा गरेर रिभरगाइड तालिम सञ्चालन भएको नाराका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।

५७ युवा महिलालाई दक्ष रिभरगाइड बनाउन ८ जना प्रशिक्षक लागेका थिए । तालिममा सहभागी सबैलाई खान, बस्न र आवश्यक ¥याफ्टिङजन्य सामग्री निःशुल्क उपलब्ध गराइएका थियो तालिमका मुख्य प्रशिक्षक रेवती उपाध्यायले पहिलोपटक भए पनि महिलालाई ¥याफ्टिङको आधारभूत तालिम प्रदान गर्न सफल भएको सुनाए । अर्को चरणको तालिमपछि रिभरगाइड अनुमतिपत्र प्रदान गरिने उनले बताए । सुकुटेमा तयार भएका दक्ष महिला रिभरगाइडलाई यो वर्ष जापान, युरोप, अमेरिका, स्विडेन, अस्ट्रिया र क्यानडा पठाउने नाराको तयारी छ ।

तालीम प्राप्त गरेपछि महिला रिभरगाइड खुशि देखिन्थे । जलयात्रामा महिलाहरको सहभागिता बढाउन गरीएको तलीमले आत्मनिर्भर बन्ने महत्वपूर्ण मौका मिलेको उनीहरुको भनाई छ । तर, नेपालमा जल पर्यटनको संभावना उच्च छ । तर पर्यटन क्षेत्रका लागि चर्चित नदीहरु दिनदिनैको बढ्दो दोहनले कुरूप बन्दै गएका छन् । होटेल, रिसोर्ट र ¥याफ्टिङ गर्ने नदी क्षेत्रमा कम उत्खनन गर्न पर्यटन व्यवसायीले स्थानीय सरकारसँग माग राखेका छन् ।नेपालमा हाल सम्म १६ वटा नदिलाई ¥याफ्टिङको लागी खुला गरिएको छ भने ८० वटा भन्दा बढी कम्पनी स्थापना गरेर ¥याफ्टिङ गराइदै आइएको छ ।