राजनीति

जनमतका कार्यकताद्वारा मेयर सवार गाडीमाथि तोडफोड, मेयर घाइते


काठमाडौँ – जनकपुरमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मत हाल्न जाने क्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार गाडी सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । मेयर सवार गाडी जनकपुरमा तोडफोड गरिएको हो ।

सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा सर्लाहीको हरिवन नगरपालिकाका मेयरसहित उपमेयर रेनुका पौडेल पनि सवार थिए । प्रदर्शनकारीको आक्रमणबाट मेयरको कञ्चटमा चोट लागेको छ ।

याे पनि: मतदान स्थलमा प्रदर्शन, स्थिति नियन्त्रण लिन पाँच राउण्ड अश्रुग्याँस प्रहार

जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानै देखि जनकपुरमा प्रदर्शन गरिरहेका छन् । कृषकका लागि मल अभाव भएको भन्दै उनीहरुले पहिले मलको व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै प्रदर्शन गरिरहेका थिए ।

यसै क्रममा बिहान प्रहरी र कार्यकर्ताबीच झडप नै भएको थियो । प्रहरीले स्थिति नियन्त्रण गर्न पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।