कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ५ हजार २९९ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ४ हजार २७९, ललितपुरका ५६७ र भक्तपुरका ४५३ गरि काठमाडौँ उपत्यकामा मात्र ५ हजार २९९ जनामा कोरोना देखिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका कारोनाको हटस्पट बनिरहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप तीन जनाको मृत्यु भएको छ । आज थप ७६६ जना संक्रमणमुक्त भएका छन् ।