समाचार

थपिए १० हजार ७०३ नयाँ संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । २३ हजार ९२ नमुनाको परीक्षण गर्दा १०,७०३ जनामा संक्रमण देखिएको हो ।

नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज ७६६ जना संक्रमणमुक्त भएका छन् ।

आज ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।