समाचार

राजधानीमा बुस्टर डोज कार्यक्रम स्थगित


काठमाडौँ – कोरोनाविरुद्धको खोप भेरोसेल खोप अभाव भएपछि हालका लागि काठमाडौं बुस्टर डोज दिने कार्यक्रम रोकिएको छ । भेरोसेल खोप अभाव भए पनि कोभिशिल्डको हकमा भने यो लागू नहुने स्वास्थ्य कार्यलयले जनाएको छ । कोभिशिल्डको बुस्टर डोज अभियानले भने निरन्तरता नै पाउने छ ।

‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने हुन्छ ।’