कोरोना विशेष

कोरोना बढेपछि भारतले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगायो


काठमाडौँ – कोरोना संक्रमण तीब्र बढेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ ।

भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको हो । यता कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका उडान भने जारी रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।