कोरोना विशेष

नेपालमा एकैदिन थपिए १२ हजार ३३८ कोरोना संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२७ हजार ४९७ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ र एन्टिजेन विधिबाट २ हजार २८६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६३२ पुगेको छ ।

त्यस्तै आज थप ६४९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ५७ हजार ३२८ जना संक्रिय संक्रमित छन् ।