समाचार

सरकारले कोभिड नियन्त्रणमा समन्वय गरेन : मेयर शाक्य


काठमाडौँ – सरकारले कोरोनाको तेस्रो लहरको रोकथाम तथा न्यूनीकरण गर्न पालिकासँग समन्वय नगरेको काठमाडौँ महानगरपालिकाले आरोप लगाएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनाको तेस्रो लहर रोकथाम तथा न्यूनीकरणका लागि सरकार तथा जिल्ला प्रशासनले पालिकासँग कुनै प्रकारको समन्वय नगरेको बताउए ।

सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पालिकाको भए पनि सरकारले पछिल्लो समय कोरोनाको सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको उनले बताए ।

कोरोनाको अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले पालिकासँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै पालिकासँग समन्वय गरेर अगाडि बढेमा क्षति कम हुने उल्लेख गरे ।