कोरोना विशेष

कोरोना संक्रमण अहिले सम्मकै उच्च विन्दुमा, कहिले आउँछ नियन्त्रणमा ? (भिडियोसहित)


काठमाडौँ – नेपालमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको तथ्याङक हर्ने हो भने कोरोना संक्रमणको अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । अझै पनि केहि हप्ता संक्रमणदर उच्च हुने र त्यसपछि क्रमश ओरालो लाग्ने विज्ञहरु बताउछन् ।

नेपालमा अहिले कोरोनाको तेस्रो लहर अर्थात ओमीक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ । यो भाइरस दिनप्रति बढ्ने क्रममा छ । पछिल्लो एक हप्ताको स्वास्थ्य मन्त्रालयको तथ्याङक हेर्ने हो भने पुस २८ गते ३ हजार ७५, पुस २९ गते ३ हजार ५५३, पुस ३० गते ५ हजार ८७, माघ १ गते ४ हजार ६३६, माघ २ गते ४ हजार ९६१, माघ ३ गते ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको थियो । सबै भन्दा बढि मंगलबार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेको छ । त्यसपछि लगातर आरालो लाग्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

यो भाइरस चाडो फैलिने भएपनि त्यति घातक नरहेको र दुइ तीन दिनमा नै लक्षण मुक्त हुने विज्ञहरुले बताइरहेका छन् । भारतको दिल्ली प्रदेशमा पनि पाच दिन अघि भयावह रुप लिएको संक्रमणले अहिले दैनिक रुपमा घट्दै आएको छ । सोमबारको संक्रमण दर २७.९९ प्रतिशत थियो भने मंगलबार संक्रमण दर २२.४७ मा झरेको छ । यसअघि संक्रमण दर ३० प्रतिशतभन्दा माथि पुगेको थियो । त्यसैले अस्पतालमा बिरामीको लक्षण र अन्तर्राष्ट्रिय अध्ययन हेर्दा ओमिक्रोन धेरै छिटो फैलिए पनि घातक नभएकोले यो भेरियन्ट लिएर आउने अधिकाशं बिरामी दुई–तीन दिनभित्र लक्षण मुक्त भएको विज्ञहरुले बताए ।

कोरोना संक्रमणविरुद्धको खोप नेपालमा सर्वसुलभ हुन सकेको छैन । खोप लगाएकामा पनि संक्रमण नहुने शतप्रतिशत ज्ञारेन्टी छैन । समुदायमा संक्रमण फैलिसकेको अवस्था छ । त्यसैले आम सर्वसाधारण पनि परिवार र समाजलाई कसरी संक्रमणबाट जोगाउन सकिन्छ भन्नेमा सचेत हुनुपर्ने आवश्यकता छ ।