कोरोना विशेष

सरकारले कोरोना परीक्षणको शुल्क घटायो


काठमाडौँ – सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा कोरोना परीक्षणका लागि यसअघि लिँदै आएको एक हजार रुपैयाँ शुल्कलाई आठ सय रुपैयाँमा झारिएको छ।

बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी अस्पतालहरूमा कोभिडको पीसीआर परीक्षणका लागि ८ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क कायम गरिएको जानकारी दिनुभयो ।

यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।