कोरोना विशेष

काठमाडौँ उपत्यका कोरोनाको हटस्पट : थप ६ हजार ३४३ जनामा संक्रमण पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ गरि काठमाडौँ उपत्यकामा मात्र ६ हजार ३४३ जनामा कोरोना देखिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका कारोनाको हटस्पट बनिरहेको छ । तर पनि कोरोना नियन्त्रणको लागि सरकारले खासै ठोस कदम चाल्न भने सकेको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप चार जनाको मृत्यु भएको छ । आज थप ६१३ जना संक्रमणमुक्त भएका छन् ।