कोरोना विशेष

कोरोना संक्रमणदरमा नयाँ रेकर्ड : एकैदिन थपिए ११ हजार ३५२ संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप चार जनाको मृत्यु भएको छ ।

त्यस्तै आज थप ६१३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।