कोरोना विशेष

एसका महासचिव भुसाललाई कोरोना संक्रमण पुष्टि


काठमाडौँ — सत्तारुढ पाँच दलको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा बसेको पाँच दलको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए । परीक्षणको क्रममा भुसाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।