कोरोना विशेष

खोप अभियान : माघ १५ पछि चार दिन विद्यालय खोल्ने


काठमाडौँ — खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।

कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ।

सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले यसबारे जानकारी दिएका हुन् ।