कोरोना विशेष

प्रहरी अस्पतालमा डर लाग्दो भीड, खोप लगाउन सर्वसाधारणलाई सास्ती (भिडियोसहित)


काठमाडौँ — कोरोना विरुद्धको खोप अभियान काठमाडौँमा अस्तव्यस्त देखिएको छ । सरकारले सार्वजनिक स्थानमा खोप कार्डको अनिवार्य गरेपछि खोप केन्द्रमा खोप लगाउनेहरु ठेलमठेल गरिरहेको छन् । विहान देखि लाइन बस्दा पनि खोप लगाउन सास्ती बेर्होनु परेको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउनेहरुको भीड बढेपछि सरकारले काठमाडौँ उपत्यका मात्रै १७ स्थानमा खोप केन्द्रको व्यवस्थापन गरेको छ । र पनि भीड व्यवस्थापन भने हुन सकेको छैन । कोरोनाकालमा अपनाइएको स्वासथ्य मापदण्डलाई वास्तै नगरि मानिसहरु ठेलमठेल गरेर खोपको लाइनमा छन् । न सर्वसाधारण आफैँ यस विषयमा सतर्क देखिएका छन् न त अस्पताल प्रशासनहरुले नै यस बारे ध्यान दिएका छन् । लाइनमा बसेका मध्य कतिपय बुष्टर डोडका लागि लाइनमा छन् भनजे कतिपय पहिलो डोजकै लागि लाइनमा छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगन्जमा समेत खोप लगाउनेहरुको भीड थामिनसक्नुको छ । चुस्त संगठक नेपाल प्रहरीकै परिसरमा लाइनमा देखिएको भद्रगोल हेर्दा कोरोनाको नयाँ भेरियन्ट यस्तै लाइनहरुबाट फैलनै देखिन्छ । खोप लगाउने आशमा बिहान ५ बजेबाटै लाइन बस्न गएकाहरु खोपभन्दा भद्रगोल अवस्थाबाट चिन्तीत छन् ।

लाइनमा बसेका भन्दा विभिन्न नाताबाट खोप लगाउन आएकाहरुले प्राथमिकता पाउँदा लाइनमा ढिलो समयसम्म बस्नु परेको भन्दै गुनासो गर्नेहरु पनि भेटिए । यता स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले भने खोपको पहुँच बढाउने सन्दर्भमा सरकारले खोपकार्ड अनिवार्य गरेपछि खोप लगाउनेको भिड बढेको बताउछन् । यहि भिडबाट संक्रमण हुने भएकाले थप केन्द्र विस्तार गरेको उनको दाबी छ ।

नेपाल प्रहरी अस्पतालमा मात्र होइन नयाँ बानेश्वरमा रहेका निजामती कर्मचारी अस्पतालमा पनि भिड उस्तै छ । प्राय खोप केन्द्रमा नगारिकको भिड थामिनसक्नु छ । मंगलबार मात्र १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । सरकारले २५ जनाभन्दा बढि भिड नर्गन आदेश पनि दिएको छ । तर, पनि नियम कार्यान्यवन भने भएको छैन ।