कोरोना विशेष

राष्ट्रियसभाका अध्यक्षलाई कोरोना संक्रमण


काठमाडौँ — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन दिनदेखि कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको आरटी(पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनी अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेको छ । सचिवालयले उनको प्रत्यक्ष सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाउन र लक्षण देखिए कोरोना परीक्षण गर्न पनि भनेको छ । स्वास्थ्यकर्मीको सल्लाहअनुसार तिमल्सिना केही दिन निवासमै आइसोलेशनमा रहने भएका छन् ।