कोरोना विशेष

एकैदिन थपिए १० हजार २५८ कोरोना संक्रमित


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २२ हजार ८ सय २८ जनामा गरिएको परीक्षणमा १० हजार २ सय ५८ जना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।