कोरोना विशेष

कोरोनाको लक्षण देखिए ५ दिन अनिवार्य क्वारेन्टिन


काठमाडौँ — कोरोना भाइरस संक्रमणको चिन्ह वा लक्षण देखिएमा अनिवार्यरुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार जारी गरेको आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्न भनिएको छ ।

सो क्रममा रिपोर्ट नेगेटिभ आएमात्रै सार्वजनिक रुपमा हिँडडुल गर्न प्रशासनले भनेको छ ।