कोरोना विशेष

काठमाडौँ उपत्यका बन्यो कोरोनाको हटस्पट, नियन्त्रणमा सरकारको छैन कुनै तयारी


काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका २ हजार ९४३, ललितपुरका ७९५ र भक्तपुरका २०१ गरि काठमाडौँ उपत्यकामा मात्र ३ हजार ९३९ जनामा कोरोना देखिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यका कारोनाको हटस्पट बनिरहेको छ । तर पनि कोरोना नियन्त्रणको लागि सरकारले खासै ठोस कदम चाल्न भने सकेको छैन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप तीन जनाको मृत्यु भएको छ । आज थप ५४७ जना संक्रमणमुक्त भएका छन् ।