कोरोना विशेष

कोरोनाको ग्राफ उकालो लाग्यो : एकैदिन थपिए ६ हजार ७३४ संक्रमित


काठमाडौँ – पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४६५ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ७४७ र एन्टिजेन विधिबाट ९८७ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कारोनाले ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२३ पुगेको छ ।

त्यस्तै आज थप ५४७ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोनामुक्त हुनेको संख्या आठ लाख १६ हजार ९८५ रहेको छ । नेपालका हाल सक्रिय संक्रमित ३० हजार ८७७ रहेका छन्