कोरोना विशेष

कांग्रेस सहमहामन्त्री महतलाई कोरोना संक्रमण




काठमाडौँ – नेपाली कांग्रेसका नेता सहमहामन्त्री डा. प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । 

कांग्रेसका निवर्तमान सहमहामन्त्रीसमेत रहेका उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका हुन्। 

डा. महतका अनुसार अहिले उनी घरमै आइसोलेसनमा बसेका छन्। साथै उनले पछिल्लो आफूसँग नजिकको सम्पर्क गरेका व्यक्तिहरूलाई कोरोना जाँच गर्न सुझाव दिएका छन्।  

‘पीसीआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु’, महतले भनेका छन्, ‘मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु।’