समाचार

बन्दिपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ८ घाइते


काठमाडौँ – तनहुँको बन्दिपुर-६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट करिब दुई सय मिटर  खस्दा एउटै गाउँका बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।