समाचार

फोनिजको महाधिवेशन सर्‍यो


काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) को महाधिवेशन सरेको छ । माघ ७ गते चितवनको सौराहमा गर्ने तय भएको महाधिवेशन एक महिना पछि सारिएको फोनिजका अध्यक्ष डण्ड गुरुङले जानकारी दिनुभयो ।

बिहीबार साँझ बसेको फोनिज संघीय समितिको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको आदेश पालना गर्दै महाधिवेशनको मिति सार्ने निर्णय गरिएको गुरुङले बताउनुभयो ।

कोरोना संक्रमणमा कमी आएमा आगामी फानु ७ गते महाधिवेशन गर्ने फोनिजले जनाएको छ ।