अर्थनीति

अर्थ मन्त्रालय र केन्द्रीय बैंकको कारण शेयर बजार घटेको लगानीकर्ताको आरोप

किन चलाए नो भोट अभियान ?


काठमाडौँ — केहि समय अघि ३२ सय माथि पुगेको नेपाली शेयर बजार मापक नेप्से अहिले २४ सयको लाइनमा आएको छ । अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकको भूमिका बजार विरोधी देखिएकाले बजार घटेको लगानीकर्ताको आरोप छ ।

शेयर बजारका लगानीकर्ताले छोटो अवधिमा खरबौं रुपैयाँ गुमाइसक्दा पनि नियामक निकायहरु मूकदर्शक बनेको भन्दै व्यापक विरोध भै रहेको छ । अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकको भूमिका पनि सेयर बजार विरोधी देखिएको लगानीकर्ताको आरोप छ । बढिरहेको बजारलाई अंकूश लगाउन नीतिगत हस्तक्षेप गरिएकाले बजार सुस्त भएको विश्लेषण गरीएको हो । यही बेला बैंकहरुमा तरलता अभाव, सीडी रेसियो टाइट हुनु अनि सोही बाहनामा ब्याजदर बढाइनुले बजार थप प्रभावित भएको छ । यस्तै, पछिल्लो समय बजारमा ट्रेडिङ प्रवृत्ति अलिबढी हावी भएको छ ।

दीर्घकालीन लगानी भन्दा पनि तत्काल खरिदबिक्री गर्ने प्रवृत्ति बढी भएकाले छिटोछिटो नाफा बुक हुने गरेको छ । यसले पनि शेयर बजारमा निरन्तर जसो गरिवाट आएको छ । जसका कारण नेप्से सूचकमा पनि चाँडोचाँडो उतारचढावहरु आइरहेको लगानीकर्ता स्वयम बताउछन । ३२ सय माथि पुगेको बजार अहिले २४ सयको लाइनमा आएको छ । करिब ४ महिनाको बीचमा २ ठूला करेक्सनहरुसहित अन्य थुप्रै मध्यम र साना स्तरका करेक्सनहरु पनि आइसकेको छ । यसबीचमा छिरेका अधिकांश लगानीकर्ता नोक्सानमा छन् । नयाँ लगानीकर्ताहरु अझ बढी त्रसित भएका छन् । उनीहरुको आत्मबल सुधार्न केही सकारात्मक प्याकेज आवश्यक रहेको विश्लेषक बताउछन ।

शेयर लगानीकर्ताहरुले पुँजी बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेताहरुलाई भोट नदिने अभियान पनि ंचलाएका छन् । फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन गर्दै लगानीकर्ताले यो अभियान प्रारम्भ गर्न थालेका हुन्् । उनीहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा ‘नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक लगायतका समाजिक सञ्जालमा शेयर गर्दै प्रचारप्रसार गरिरहेका छन् ।

त्यस्तै, सरकार र नियामक निकायले नै शेयर बजार धरासायी बनाएको आरोप लगाउँछिन पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि । शेयर बजारमा धितो पत्र बोर्डले ५१ वटा कम्पनीको नाम नै तोकेर लगानी गर्न जोखिम गरेको भन्दै बजारलाई प्रहार गरेको उनको विश्लेषण छ । साथै मौद्रिक नीति मार्फत शेयर बजारलाई वित्तीय संस्थाहरुले उपलब्ध गराउँदै आएको वित्तीय सुविधाहरुमा समेत कटौति गरेका कारण लगानीकर्ताको मनोवलमा गिरावट आएको उनको तर्क छ ।

जहिले पनि शेयर बजारको सीधा सम्बन्ध वित्तीय प्रणाली सँग प्रत्यक्ष जोडिएको हुन्छ । केन्द्रीय बैंकले ४ र १२ करोडको सीमा परिवर्तन नगर्दा संस्थागत लगानीकर्ताहरु पनि दबाबमा परेका छन् । यसको प्रभाव पनि बजारमा देखिएको हो । लगानीकर्ताहरु नियामक सँग मात्र हैन कम्पनीहरु सँग पनि रुष्ट हुदै गएका छन ।