राजनीति

एमसीसीको कारणले गठबन्धन फुट्दैन : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसीसीको कारणले गठबन्धन नफुट्ने दाबी गर्नुभएको छ । विहीबार काभ्रेमा वाइसिएल भेलालाई सम्बोधन गर्दै प्रचण्डले एमसिसीभन्दा गठबन्धन ठूलो भएकोले निर्वाचनसम्म नफुट्ने दाबी गर्नुभएको हो ।

एमसिसी परिमार्जन र संशोधन गरेर अगाडि बढाउनुपर्ने पक्षमाआफू रहेको उहाँको भनाइ थियो । बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवहरूसँग सहकार्यको वातावरण बनेको भन्दै प्रचण्डले कम्युनिष्ट एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।