राजनीति

युवराज संग्रौला र सूर्यराज आचार्यले नेकपा समाजवादी निकट युवा संघको बैठकमा प्रशिक्षण दिने


काठमाडौँ – पूर्वमहान्यायाधिवक्ता डा.युवराज संग्रौला र डा.सूर्यराज आचार्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठकमा प्रशिक्षण दिने भएका छन्। युवा संघ नेपालको केन्द्रीय सचिवालयको काठमाडौँमा बिहीबारदेखि सुरु भएको पहिलो बैठकमा संग्रौला र आचार्यले प्रशिक्षण दिने भएका हुन्।

युवा संघले ‘नेपालको विकासका चुनौती र अवसर’ बारेमा बोल्न निम्त्याएपछि डा.आचार्यले प्रशिक्षण दिन लागेका हुन् । यस्ता प्रवचन उनले विभिन्न दल र दल सम्वद्ध संगठनमा दिँदै नै आएका छन् । आचार्यले २०७४ को चुनावमा विवेकशील साझा पार्टीबाट माधवकुमार नेपालसँग काठमाडौँ–२ मा प्रतिस्पर्धा गरेका थिए।