कोरोना विशेष

देशभर १ हजार ९५ संक्रमित थपिए, २ हजार ९५७ डिस्चार्ज


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट गर्दा १२० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ११ हजार ४८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख ५२ हजार १७० कोरोनामुक्त भएका छन् । नेपालका हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेका छन् ।