समाचार

आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु


सरकारले आजदेखि फेरि कोरोना विरुद्धको खोप दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप रोसेलको पहिलो मात्रा लगाउने भएको हो ।

हिमाली जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काभ्रे र चितवनमा २५ वर्ष, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई र १८ वर्षमाथिका विद्यार्थीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।