कोरोना विशेष

चीनबाट आइपुग्यो ४४ लाख डोज कोरोनाविरुद्धको खोप


काठमाडौँ – सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।

यो समेत गरी नेपालमा अहिलेसम्म अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क रहेको छ । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो।