कोरोना विशेष

देशभर १ हजार ७६० संक्रमित थपिए, सात जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ५२४ को कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३३२ र एन्टिजेन विधिबाट गर्दा ४२८ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा १० हजार ९९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आज थप १ हजार २२० जना संक्रमणमुक्त भएका छन् ।