देश

नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ति अमेरिकाले फिर्ता गर्‍यो


काठमाडौँ – अमेरिकाले नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ ।

कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो ।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो । राजदूत डा। खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गरे।